राजनीति


रुसमा संविधान संशोधनका लागि सातदिने जनमत संग्रह सुरु

रुसमा संविधान संशोधनका लागि सातदिने जनमत संग्रह सुरु

नेपालखबर
असार ११, २०७७ बिहिबार १२:३९,

संविधान संशोधनको पक्षमा बहुमत आए वर्तमान राष्ट्रपति भ्लादमिर पुटिनले थप दुई कार्यकाल राष्ट्रपति पदमा आसिन हुन पाउने अल्जाजिराले जनाएको छ।

अर्थात् संविधान संशोधन भए सन् २०३६ सम्म पुटिन राष्ट्रपति रहि रहनेछन्।

जुलाई एकबाट जनमत संग्रह सुरुवात गरिने तय भएपनि कोरोना प्रकोपबीच मानिसको भीडलाई कम गर्ने हिसाबले बिहीबारदेखि नै मतदान खुला गरिएको बताइएको छ।

विगत २० वर्षदेखि पुटिन प्रधानमन्त्री र राष्ट्रपतिको रुपमा सत्तामा छन्। गत महिनाको सर्वेक्षणमा ५९ प्रतिशत वयस्कहरुले पुटिनलाई फेरि राष्ट्रपतिको रुपमा देख्न चाहेको देखिएको थियो।

सन् २०१८ मा तेस्रो कार्यकालका लागि राष्ट्रपति पदमा चयन भएका पुटिनको कार्यकाल सन् २०२४ मा सकिने छ।

संविधान संशोधन गर्न खोजेर सरकारले संविधानकै प्रावधान उल्लंघन गरेको विपक्षी नेता एलेक्सी नाभेल्नीले बताएका छन्।

उनले यस कार्य संविधानकै कु भएको उल्लेख गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad