कारोबार


लकडाउनपछि बुद्ध एयरले यसरी गर्दैछ उडान (भिडियो)

लकडाउनपछि बुद्ध एयरले यसरी गर्दैछ उडान (भिडियो)

नेपालखबर
असार ११, २०७७ बिहिबार १२:४३,

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ।

सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडानपूर्व आज अभ्यास गरेको हो। उडान सुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट रोक्न सकियोस् भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बताए।

प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उनले बताए। आन्तरिक उडान करिब ४० दिनपछि सुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उनको भनाई छ।

बुद्धले नियमित उडान सुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको उनले बताए। यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ। तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उनले बताए। हरेक उडानपछि जहाज डिसइन्फेक्सन हुने उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad