समाज


रुकुम हत्याकाण्ड : धरौटी तिर्न नसक्दा किशोरीकी आमा पनि जेल गइन्

रुकुम हत्याकाण्ड : धरौटी तिर्न नसक्दा किशोरीकी आमा पनि जेल गइन्

नेपालखबर
असार ११, २०७७ बिहिबार १२:३६,

जिल्ला अदालत रुकुमले पश्चिमले चौरजहारी घटनामा किशोरीकी आमालाई धरौटीमा रिहा गर्न आदेश दिए पनि उनलाई थुनामा पठाइएको छ।

अदालतले तोकेको एक लाख रुपैयाँ धरौटी तिर्न नसक्दा उनलाई पनि पुर्पक्षका लागि कारागार पठाइएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए।

बुधबार अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा र किशोरीकी आमालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

दुई जनालाई सुधार गृहमा पठाइसकिएको छ भने तीन जना साधारण तारेखमा छुटेका छन्।

न्यायाधीश विद्याराज पौडेलको इजलासले ६ दिनको बहसपछि बुधबार साँझ यस्तो आदेश दिएको हो।

अदालतको आदेश अनुसार इन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्द साधारण तारेखमा छुटेका छन्। प्रेमिका भनिएकी किशोरीलाई बालसुधार गृह भक्तपुरमा ल्याइएको छ भने अर्का एक किशोरलाई नेपालगन्जस्थित बाल सुधार गृहमा पठाइएको छ।

वडाध्यक्ष डम्बर बहादुर मल्ल, युवतीका दाइ सन्तोष मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल र रेशमबहादुर मल्ल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

यस्तै विष्णु मल्ल, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, विराज पुनमगर, सबिन पुन, रमित पुनमगर, नविनकुमार जीएम, धनाराज राना, दीपेन्द्र चन्द, भीमबहादुर पुनलाई पनि थुनामा पठाइएको छ। फरार रहेका ५ जनाको नाम प्रहरीले गोप्य राखेको छ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमिका लिन भन्दै जेठ १० गते गएका जाजरकाेटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो। मृतकहरुलाई सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad