राजनीति


अमेरिका भन्छः अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई ट्रान्जिट वा निशाना बनाउन सक्छन्

अमेरिका भन्छः अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई ट्रान्जिट वा निशाना बनाउन सक्छन्

नेपालखबर
असार ११, २०७७ बिहिबार ११:५२,

अमेरिकाले नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने जनाएको छ।

अमेरिकाको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा गैरनेपालीको अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले नेपाललाई ट्रान्जिट बनाउन वा आक्रमण गर्ने स्थल वा सफ्ट टार्गेट (निशाना) को रुपमा प्रयोग गर्नसक्ने औल्याएको हो।

‘भारतसँग खुला सीमा भएको र देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको कार्यविधि पर्याप्त नभएको हुँदा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्नसक्छ,’ प्रतिवेदनमा भनिएको छ।

अमेरिकाको विदेश मन्त्रालयले प्रत्येक वर्ष बिभिन्न देशमा हुनसक्ने आतंकवादी गतिविधिबारे प्रतिवेदन तयार गरी त्यहाँको संसदमा प्रस्ततु गर्ने गर्छ।

सो प्रतिवेदन अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले बुधबार सार्वजनिक गरेका हुन्।

‘सरकारले आतंकवाद र मुख्यतः द्वन्द्वबाट सिर्जित ‘अतिवादी’ विचारधारा वा मध्यपूर्वको अस्थिरतालाई सामान्यतया नेपालका लागि कुनै गम्भीर खतराको रुपमा लिँदैन,’ प्रतिवेदनले भनेको छ।

सो प्रतिवेदनले नेपाल अहिले सामान्यतया आतंकवादी संगठनहरुका लागि उर्वरभूमि भने नभएको प्रतिवेदनको ठहर छ।

‘नेपालमा आतंककारी कट्टरता र भर्ना गराउने विषयलाई प्रतिवाद गर्न रणनीति कार्यान्वयन गरेको देखिदैन,’ प्रतिवेदनमा भनिएको छ।

सो प्रतिवेदनमा नेपालको राजनीतिक हिंसाको आकार पनि सानो परिमाणमा मात्रै रहेको र ती आक्रमणहरु मुख्यरुपमा भौतिक पूर्वाधार, सरकारी कार्यालय वा राजनीतिक दलहरु वा तीनका पदाधिकारीहरुमा लक्षित रहेको उसको ठहर छ।

‘सन् २०१९ को उपनिर्वाचनका बेला केही स्थानमा मतदातालाई धम्क्याउने र केही विषयमा राजनीतिक दबाब दिइएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी विप्लव माओवादीले राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि कहिलेकाँही आतंककारी गतिबिधिको साहारा लिने गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

अमेरिकाले सिरिया र इराकका भूभाग नियन्त्रणमा लिने आइएसआईएसको प्रमुख अबु बकार अल बग्दादीलाई अमेरिकी सेनाले मारेको विषयलाई उसको सबैभन्दा ठूलो उपलब्धिको रुपमा व्याख्या गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad