राजनीति


‘चीनले भारतीय सिमाना नजिक सैन्य संरचना खडा गरेको देखियो’

‘चीनले भारतीय सिमाना नजिक सैन्य संरचना खडा गरेको देखियो’

नेपालखबर
असार ११, २०७७ बिहिबार ११:५४,

विवादित गलवान उपत्यका नजिक भूउपग्रहबाट खिचिएको तस्बिरमा चिनियाँ पक्षले संरचना खडा गरेको देखिएको बीबीसीले जनाएको छ।

गतहप्ताको सोमबार गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। सो समयमा ७० भन्दाबढी भारतीय सेना घाइते भएका थिए।

चिनियाँ सेनाले हिमाली विवादित क्षेत्र नकिज बंकर बनाएको साथै टेन्ट तथा सैन्य सामग्री तैनाथ गरेको बताइएको छ।

A satellite image shows close up view of the Line of Actual Control (LAC) border and patrol point 14 in the eastern Ladakh sector of Galwan Valley, June 22, 2020.

गत महिनासम्म उक्त क्षेत्रमा कुनै संरचना नदेखिएको तर गलवानमा भएको झडपपछि नयाँ संरचनाहरु देखिएको बताइएको छ।

उक्त झडपमा भारतीय पक्षले चिनियाँ सेना पनि मारिएको बताएका छन्। यद्यपी चीनले यो विषय अस्वीकार गरेको छ।

पछिल्लो समय तनाव कम गर्ने विषयमा भारत र चीनबीच छलफल जारीरहँदा चिनियाँ पक्षले सैन्य संरचना खडा गरेको समाचार आएको हो।

यसैबीच लद्दाखको देपसाङ क्षेत्रमा पनि चिनियाँ सेनाको गतिविधि बढेको द इन्डियन एक्सप्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .