राजनीति


प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत

प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत

नेपालखबर
असार १६, २०८३ मंगलबार १३:६, काठमाडौँ

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत गरेको छ। 

कोषकी अध्यक्ष एवं कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोषको ऐनअनसार, तीन सदस्य मनोनीत गरेकी हुन्। बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनर्स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनीत गरेकी हुन्। 

संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन उनीहरूलाई मनोनीत गरिएको मन्त्री चौधरीले बताइन्। मनोनति भएका लर्ड क्यामोस विलियम स्टोनर र इरिक डाइर्नस्टन नेपालको संरक्षण इतिहाससँग जोडिएका व्यक्तित्व हुन्। 

बेलायतको ‘यूके नेपाल ट्रस्ट’का अध्यक्ष समेत रहेका आठौँ ब्यारोन क्यामोस (विलियम स्टोनर) को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो र ऐतिहासिक सम्बन्ध छ। उनले अहिले पनि ब्रिटिश परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्‍याइरहेका छन्। 

त्यस्तै, सन् १९७०/८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्घे गैँडा र पाटेबाघको रैथाने आहारविहारबारे प्रारम्भिक र ऐतिहासिक अनुसन्धानमा गर्ने वैज्ञानिकहरूमध्येमा डा. एरिक डाइनरस्टाइन पनि पर्छन्। उनी विश्व वन्यजन्तु कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा नेतृत्व गर्दै तराई आर्क ल्यान्डस्केपको अवधारणा कोरेका थिए। 

अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन रहेकी प्रा.डा. विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन्।

मन्त्री चौधरीले कोषको सदस्यमा मनोनीत हुने व्यक्तिहरू आफैँमा स्थापित एवं पहिचान भएका व्यक्तिलाई ल्याउने बताइन्। उनले चाँडै नै कोषको कर्मचारी प्रशासन सम्बन्धीको विनियमावली संशोधन गर्ने बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad