नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेशस्तरी भेला दाङको लमहीमा सुरु भएको छ।
प्रदेश भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार लगायतका विषयमा छलफल भइरहेको छ। कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अगुवाई आयोजित भेलाको प्रमुख अथिति निवर्तमान सहमहामन्त्री किशोर राठोर रहेका छन्।
निवर्तमान केन्द्रीय सदस्य गुरु बराल, कुन्दनराज काफ्लेलगायतका नेताहरू पनि भेलामा सहभागी भएका छन्। विगतमा देउवा समूहमा देखिएका लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू भेलामा सहभागिता छैनन्।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको सहभागितामा आयोजना गरिएको भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको एकता र आगामी निर्वाचन लक्षित तयारीबारे विस्तृत छलफल हुने गिरीले बताए। पार्टीभित्र एकता अपरिहार्य रहेको भन्दै फुटेर नभइ जुटेर जानुपर्नेमा भेलामा सहभागी नेताको जोड छ।
Shares

प्रतिक्रिया