राजनीति


रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ भोलि

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ भोलि

नेपालखबर
असार १६, २०८३ मंगलबार १४:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) हुने भएको छ।  

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे शपथ कार्यक्रम हुनेछ। बुधबारनै केन्द्रीय समिति बैठक पनि बस्ने तय भएको छ। 

चितवनको भरतपुरमा भएको महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए। 

निर्वाचनको नतिजा घोषणा भएकै दिन भरतपुरमा सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए। अब बुधबार अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad