चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु चिआनले बुधबार आयोजित पत्रकार सम्मेलनमा चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता स्थापित हुने आशा लिएको बताए।
वुले भनेका छन्,‘भारतीय पक्षले एकपक्षीय रुपमा उक्साहटको काम गरेको र दुवै पक्षबीच भएको सहमतिको उल्लंघन गरेको कारणले त्यो घटना भयो।’
गत साता पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।
चीनतर्फ भएको हताहतिबारे औपचारिक रुपमा जानकारी गराइएको छैन। भारत र चीनबीच भएको झडपमा ४५ वर्षपछि हताहति भएको हो।
भारत र चीनबीच धेरै स्थानमा सीमा स्पष्ट छैन। विभिन्न चरणमा वार्ता भएपनि सहमति जुटेको छैन। जसका कारण दुवै देशका सैनिकहरुबीच झडप हुने गरेको छ।
गत हप्ताको सोमबार झडप भएपछि भने लद्दाख नजिकको विवादित क्षेत्रबाट भारत र चीन आफ्ना सेना त्यहाँबाट फर्काउन सहमत भएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया