ad ad

राजनीति


सरकारको निर्णयको विपक्षमा निजी स्कुल, विद्यालय नखुल्दै शुल्क तिर्न आग्रह

सरकारको निर्णयको विपक्षमा निजी स्कुल, विद्यालय नखुल्दै शुल्क तिर्न आग्रह

नेपालखबर
असार ७, २०७७ आइतबार १२:५८,

निजी विद्यालयका सञ्चालनकहरुले विद्यालय नखुल्दै शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन्।

आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै अभिभावजकहरुलाई शुल्क तिर्न आग्रह गरेका हुन्।

कोरोनाको महामारीका कारण गत चैत ६ गतेदेखि विद्यालयहरु बन्द छन्। सरकारले विद्यालय नखुलुन्जेल अभिभावकसँग कुनै पनि प्रकारको शुल्क नलिन आग्रह गरे पनि निजी विद्यालयहरु यसको विपक्षमा उभिएका हुन्।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन(प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा सरकारले निजी विद्यालयलाई कुनै पनि सहयोग नगरेको भन्दै अभिभावकहरुलाई विद्यार्थी भर्ना गर्न र पुरानो बाँकी र नयाँ शुल्क पनि बुझाउन आग्रह गरिएको छ।

‘निजी विद्यालयको एकमात्र आर्थिक स्रोत विद्यार्थीबाट प्राप्त शुल्क संकलन हुन नसकेको विषम परिस्थितिमा अभिभावकहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने हुँदा बाँचौँ र बचाऔँको मर्मलाई ख्याल राख्दै अभिभावकबाट सकारातमक सहयोग प्राप्त नभएमा निजी विद्यालय अत्यन्त जटिल अवस्थामा पुगि शैक्षिक गतिविधिहरु प्रभावित हुने हुँदा अभिभावकहरुले सामाजिक दूरी कायम गरी विद्यालयमा उपस्थित भई आफ्ना छोराछोरीको नयाँ तथा पुरानो अभिलेखीकरण गराउन २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

 कोरोनाको संक्रमण रोक्न लगाइएको लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरि करिब दुई लाख शिक्षक–कर्मचारीको र उनीहरुमा आश्रित पपरिवारको जीवनयापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेका कारण शुल्क उठाउनु परेको विज्ञप्तिमा उल्लेख छ।

Image

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .