ad ad

राजनीति


विदेशी महिलालाई विवाह गरेकाे ७ वर्षपछि नागरिकता दिने प्रावधान समितिबाट पारित

विदेशी महिलालाई विवाह गरेकाे ७ वर्षपछि नागरिकता दिने प्रावधान समितिबाट पारित

नेपालखबर
असार ७, २०७७ आइतबार १२:१९,

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ।

त्यसमा रहेको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक दत दर्ता गराएका छन्।

‘नेकपा सांसदले नेपाली पुरुषसँग बिहे गर्ने महिलालाई बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधानमा नेकपाका सांसदहरुको पक्षमा भोट परेको छ र बहुमतले पारित भएको छ,’ सांसद तथा सोहि समितिका सदस्य झपट रावलले नेपालखबरसँग भने, ‘सो प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुबाट फरक फरक असहमति दर्ता गराइएको छ।’

नेपाली पुरुषसँग बिहे गर्ने बिदेशी महिलाले सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता पाउने प्रावधानसहित नागरिकता ऐन संशोधन हुन लागेको हो।

यसअघि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान थियो।

लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो।

सोहिअनुसार आइतबार बसेको संसदीय समितिले निर्णय गरेको हो।

याे पनि: नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय

समितिले आइतबार बहुमतबाट पारित गरेको सो प्रावधान प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनको रुपमा कार्यान्वयनमा आउनेछ।

सात वर्षपछि मात्र दिने प्रावधानको जनता समाजवादी पार्टी, समाजवादी पार्टी लगायतले चर्को विरोध गर्दै आएका थिए भने नेपाली कांग्रेस पनि यसको विपक्षमा उभिएको छ।

भिडियाे: 

याे पनि: नागरिकता ऐन संशोधन विधेयक विरुद्ध प्रदेश २ मा प्रदर्शन

नागरिकताबारे नेकपा सचिवालयको निर्णयप्रति मातृका यादवको असन्तुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .