नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ।
आज बसेको महासंघको पदाधिकारीको बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो।
गत चैत २८ र २९ गते हुने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण भएको लकडाउनको कारण रोकिएको थियो। रोकिएको निर्वाचन जेट ७ गते हुने भनिए पनि जेठमा समेत पुनः रोकिएर अर्को मिति तय भएको हो।
महासंघको तीन वर्षे कार्यकालको लागि निर्वाचन हुन लागको हो। यद्यपी महासंघको अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने छन्।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान रहेको छ। यो पटक वरिष्ठ उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबको उम्मेदवारी घोषणा भैसकको छ।
नयाँ निर्वाचन महासंघको वार्षिक साधारण सभाबाट हुन लागेको हो।
प्रतिक्रिया