ad ad

कला


सलमान खानविरुद्ध अभिव्यक्ति दिएपछि अभिनव कस्यपविरुद्ध मुद्दा हाले अर्बाजले

सलमान खानविरुद्ध अभिव्यक्ति दिएपछि अभिनव कस्यपविरुद्ध मुद्दा हाले अर्बाजले

नेपालखबर
असार ७, २०७७ आइतबार १२:११,

अभिनव कस्यप बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि सलमान खान र उनका परिवारविरुद्ध आक्रमक बन्दै आएका छन्।

अभिनवले केही समय अगाडि सलमान खानको परिवारले आफ्नो भविष्य सिध्याउन खोजेको आरोप लगाएका थिए।

बलिउड नातावादले जेलिएको र उनीहरुले अरुले गरेर खाएको देख्न नसक्ने अभिनवको भनाइ छ।

हालै अभिनवले सलमान खानको ‘बिइङ ह्युमन फाउन्डेसन’माथि प्रश्न गरेका छन्। उनले सलमानको बिइङ ह्युमन फाउन्डेसन मानवतावादी कामको लागि नबनेको र त्यसले कालो धनलाई सेतो बनाउने काम गरेको आरोप लगाएका छन्।

अर्बाजले अभिनवविरुद्ध मुद्दा हालेको र चलचित्र संघमा पनि उजुरी दिएको बताएका छन्। एजेन्सी

 यो पनिः अभिनेता सुशान्तको मृत्युपछि दबंगका निर्देशक भन्छन्ः खान परिवारले मेरो भविष्य सिध्याउन खोजे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .