राजनीति


चीनले भन्योः अमेरिकाले उइगरको लागि होइन अफ्रिकी–अमेरिकी नागरिकको लागि कानुन बनाउनुपर्छ

चीनले भन्योः अमेरिकाले उइगरको लागि होइन अफ्रिकी–अमेरिकी नागरिकको लागि कानुन बनाउनुपर्छ

नेपालखबर
असार ४, २०७७ बिहिबार १२:३५,

विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन्।

चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लाग्दै आएको समयमा अमेरिकाले ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानुन संसदबाट पारित गरेको छ।

चीनले उइगरमाथि दमन गरे नगरेको बारे आफूले निगरानी गरिरहेको र उनीहरुविरुद्ध अपराध भए यो विषय अन्तर्राष्ट्रियस्तरमा उठाउने अमेरिकी भनाइ छ।

यसबीचमा चीनले बिहीबार अमेरिकाले चिनियाँ उइगर समुदायको नभएर आफ्नै देशको अफ्रिकी अमेरिकी नागरिकको ख्याल राख्नुपर्ने बताएको छ।

चीनको विदेशमन्त्रालयले एक विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ,‘चीनमा उइगर समुदायलाई अन्य सरह समान हक र अधिकार प्रदान गरिएको छ। अमेरिकाले चीनको उइगरको लागि नभएर अफ्रिकी अमेरिकी नागरिकको हक र अधिकारको लागि कानुन बनाउनुपर्छ।’

हाल अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। प्रहरीले अफ्रिकी मुलका अमेरिकी नागरिक जोर्ज फ्लोइड र रेसर्ड ब्रुक्सको प्रहरीले हत्या गरेपछि त्यहाँ रंगभेद अन्त्य हुनुपर्ने तथा अश्वेतको जीवनले पनि अर्थ राख्छ भन्ने अभियान संचालन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad