राजनीति


सत्य र निष्ठापूर्वक काम गर्न युवाहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

सत्य र निष्ठापूर्वक काम गर्न युवाहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

नेपालखबर
असार २९, २०७६ आइतबार १२:२,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दावी गरेका छन्।

प्रधानमन्त्री ओलीले सत्य र निष्ठापूर्वक अघि बढ्न युवाहरुलाई पनि आह्वान गरे। आइतबार ललितपुरमा आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उनले सत्यसँग नडराउने नीति आफूले लिएको पनि दोहोर्याए।

प्रधानमन्त्री ओलीले सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख गर्दै देश विकासको काममा इमान्दार भएर लागि रहने प्रतिवद्धता पनि दोहोर्याए। प्रधानमन्त्री ओलीले भोलीको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न पनि युवाहरुलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रले युवाहरुलाई देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढने अवसर दिएको पनि स्मरण गराए। उनले आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नू परेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाई नरहेको बताए। प्रधानमन्त्री ओलीले इमान्दार भएर अघि बढ्दा मात्रै सफलता हात पर्नेतर्फ पनि युवाहरुलाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .