राजनीति


बीस सैनिक मारिएपछि भारतका विदेशमन्त्री जयशंकरले गरे चीनका विदेशमन्त्रीलाई फोन, के भने?

बीस सैनिक मारिएपछि भारतका विदेशमन्त्री जयशंकरले गरे चीनका विदेशमन्त्रीलाई फोन, के भने?

नेपालखबर
असार ३, २०७७ बुधबार १४:५६,

आफ्ना २० सैनिकको ज्यान जाने गरी सीमा क्षेत्रमा भएको झडपका सम्बन्धमा भारतका विदेशमन्त्री जय शंकरले बुधवार चीनका विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गरेका छन्।

यसबारे भारत सरकारले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘सोमबार राति भएको हिंसात्मक घटनाप्रति भारतले विरोध जनायो र घटना चीनको उत्तेजक र पूर्वसूचित रणनीतिअन्तर्गत भएको हो, जसले हिंसालाई निम्त्यायो र भारतीय सिपाहीको मृत्यु भयो।’

यस्तै चीनका परराष्ट्रमन्त्रीले पनि यस मामिलामा चीनको गल्ती नभएको दाबी गरेका छन्। दुई विदेशमन्त्रीले भारत र चीनले नरेन्द्र मोदी र सी चिनफिङबीच भएको सम्झौता पालनामा जोड दिएका छन्।
विज्ञप्तिमा भनिएको छ– गाल्भान उपत्यकामा हिंसात्मक झडपपछि उत्पन्न परिस्थिति साम्य पार्न दुवै पक्ष सहमत भएका छन्।’

विज्ञप्तिअनुसार सैन्य तहका वार्तामा भएको सम्झौताका आधारमा दुवै पक्षले सीमामा शान्ति कायम गर्ने प्रतिबद्धता जनाएको छन्। अब कुनै पनि हिसाबले आक्रामक कदम नचाल्न उनीहरू सहमत भएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad