समाज


कालिखोलामा फेरि पहिरो खस्याे, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

कालिखोलामा फेरि पहिरो खस्याे, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

नेपालखबर
असार ३, २०७७ बुधबार १४:४८,

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अबरुद्ध भएको छ। बुधबार दिनभर अवरुद्ध भएर साँझ केहीबेर एकतर्फी रुपमा सञ्चालन भएको सडकमा पुन: पहिरो खसेपछि फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

आज विहान करिब सवा चार बजे इच्छाकामना गाउपालिका–६, कालिखोलामा पहिरो खसेर सडक अवरुद्ध भएकोमा पहिरो हटाएर साँझ ७ बजेदेखि एकतर्फी सडक सुचारु भएको थियो। सोहि ठाउँमा पुनः पहिरो खसेकाे मुग्लिन प्रहरीले सूचनामार्फत जानकारी दिएको छ।

पहिरोको जोखिम र रात्रीको समयलाई मध्यनजर राखी सजग र सतर्क रहनु हुनका साथै सुरक्षित स्थानमा सवारी साधन पार्किङ गर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad