राजनीति


हामीले नयाँ नक्सा छिट्टै ल्याउनुपर्ने थियो, भारतले हाम्रो भावना बुझेन : मन्त्री अर्याल

हामीले नयाँ नक्सा छिट्टै ल्याउनुपर्ने थियो, भारतले हाम्रो भावना बुझेन : मन्त्री अर्याल

नेपालखबर
असार ३, २०७७ बुधबार ८:५६,

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री पद्मा अर्यालले नयाँ नक्सा जारी गर्नुअघि सरकारले भारतसँग वार्ता गर्न खोजेको बताएकी छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजन विधेयमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अर्यालले भारतको नाम नलिइकन् नेपालको हतारो र भावनालाई नबुझेका कारण बाँकी चिजहरु वार्ताबाट टुंग्याउने गरी नयाँ नक्सा जारी गरेको बताइन्।

‘हामी वार्ताबाटै समस्याको समधान गर्न चाहन्थ्यौँ, सरकारको तर्फबाट अनेकन पटक प्रयत्न पनि भयो तर हामी संवेदनशीलता, हाम्रो जुनखालको हतारो थियो त्यो खालको भावना बुझ्ने कुरा भएन’, मन्त्री अर्यालले भनिन्, ‘वार्ता एक्लै हुदैन दुई पक्षीय हुनुपर्‍यो। हामी जुनखालको हुटहुटीमा थियौं। जुन संवेदनशीलतामा थियौं त्यसमा गम्भीरता प्रकट नभइसकेपछि हामीले बाँकी चिजहरु फेरी बाँकी चिजहरु फेरी दुईपक्षीय वार्ताबाट कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेगरी हिजो छुटाइएको भूभाग समेटेर नक्सा प्रकाशन गरेका हौँ।’

मनत्री अर्यालले विगतमा नेपालको नक्सामा छुटाइएको नेपालको नक्सा सहितको राजनीतिक, प्रशासनिक नक्सा तयार गरी सार्वजनिक गरेका बताउँदै सरकारले यस कार्यले नेपालको स्वाभिमान उच्च भएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad