राजनीति


यसकारण कालापानी पुगे प्रधानसेनापति र सशस्त्र प्रमुख

यसकारण कालापानी पुगे प्रधानसेनापति र सशस्त्र प्रमुख

नेपालखबर
असार ३, २०७७ बुधबार ८:५८,

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले कालापानी क्षेत्रको अवलोकन गरेका छन्।

नेपाली सेनाको हेलिकप्टरमा बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका दुई सुरक्षा प्रमुखले त्यहाँ रहेका सशस्त्र र नेपाली सेनाका सुरक्षाकर्मीसँग त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।

हालै त्यहाँ नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेको छ। सेनाले घाँटी बगर क्षेत्रमा बाटो निर्माण गरिरहेको छ भने, सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) छाङ्रुमा स्थापना गरिएको छ।

भारतले मिचेको क्षेत्रमै थप तीन वटा बीओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइरहेका बेला सुरक्षा प्रमुखहरुले त्यस क्षेत्रको अवलोकन गरेका हुन्।

नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेपछि त्यसको विरोध भइरहेका बेला दुई सुरक्षा प्रमुखले त्यस क्षेत्रको अवलोकन गरेका हुन्।

भारतले मिचेको भूमि समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि अहिले भारतले तीब्र प्रतिक्रिया जनाइरहेको छ।

एक साता अगाडि भारतले नेपाली भूमिमा समेत सशस्त्र प्रहरीलाई गस्ती गर्न अवरोध गरेको थियो। सो क्षेत्रलाई विवादित भूमि बताउँदै नेपाली सुरक्षाकर्मीलाई कालापानी क्षेत्रमा नआउन भन्दै गस्तीमा गएको सशस्त्रको टोलीलाई एसएसबीले हप्काएको थियो।

सो रिपोर्ट आएपछि यसलाई सरकारले गम्भीरताका साथ लिएको बताइएको छ।

त्यहाँ थप सुरक्षाकर्मी र बोर्डर आउटपोष्ट थप्ने समेत तयारी भएको छ। बुधबारको सुरक्षा प्रमुखको स्थलगत अवलोकनले यसका लागि थप रणनीति तय गर्ने सशस्त्र प्रहरी उच्च श्रोतले जानकारी दिएको छ। छाङ्रुमा सशस्त्र प्रहरी टोली अहिले व्यक्तिको घर भाडामा लिएर बसिरहेको छ।

त्यहाँ आफ्नै भवन बनाउने र आवश्यक स्रोतसाधानको व्यवस्था गर्ने तयारी भइरहेका बेला भएको सुरक्षा प्रमुखको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

गत महिना सशस्त्रको बीओपी स्थापना गर्दा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा पुगेका थिए।

सीमाका विषयमा दुई ठूला छिमेकी भारत र चीनबीच तनाव बढिरहेका बेला नेपालका सुरक्षा प्रमुख पनि भारतले मिचेको नेपाली भूमिमा पुगेका हुन्। प्रमुखहरुको स्थलगत निरीक्षणपछि दिर्घकालिन रणनीतिक योजना तयार गरिने उच्च सुरक्षा स्रोतले जनाएको छ।

‘यो सामान्य देखिएको भ्रमणको अर्थपुर्ण र असामान्य उपलब्धि हुन्छ हाम्रा लागि,’ स्रोतले भन्यो।

सुरक्षा प्रमुखले त्यहाँ खटिएका टोलिसँग त्यहाँका समस्या र अब गर्नुपर्ने कामका बारेमा विस्तृतरुपमा छलफल गर्नेछन्।

सोमबार राती लद्दाखमा भारत र चीनका सेनाबीच भएको भीडन्तमा २० भारतीय सैनिक मारिएका छन्।

चीनतर्फ पनि ठूलै क्षति भएको अनुमान गरिएको छ। तर चीनले आधिकारिक जानकारी सार्वजनिक भने गरेको छैन।

यो पनिः
कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad