ad ad

राजनीति


‘लद्दाखमा गोली चलेको होइन, मुक्कामुक्कीमै तीन जनाको ज्यान गयो’

‘लद्दाखमा गोली चलेको होइन, मुक्कामुक्कीमै तीन जनाको ज्यान गयो’

नेपालखबर
असार २, २०७७ मंगलबार ८:५१,

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपका क्रममा गोली नचलेको भारतीय सेनाका एक अधिकारीले बताएका छन्।

‘गोली चलेको थिएन। हतियारको प्रयोग भएन। हातैले हानाहान भयो,’ समाचार एजेन्सी एएफपीले एक भारतीय अधिकारीको भनाइ उधृत गरेको छ।

यसअघि भारतीय सेनाले आफ्ना तीन सैनिक झडपमा मारिएको बताएको थियो। मारिनेमा एउटा बटालियनको नेतृत्व गरिरहेका कर्णेल समेत रहेको खुलेको छ।

लगत्तै चीनले पनि सो घटनाको पुष्टि गरेको छ।

चिनियाँ विदेश मन्त्रालययका प्रवक्ता चाओ लिचियानले दुई पटक भारतीय सैनिकले सीमा नाभेर चिनियाँ सैनिकमाथि आक्रमण भएपछि दुवै पक्षबीच गम्भीर झडप भएको बताएका छन्।

दुवै देशले सो क्षेत्रमा हजारौँ सैनिक तैनाथ गरेका छन्।

मे ९ मा ढुंगामुढा हुँदा दुवै मुलुकका केही सैनिक घाइते भएका थिए।

हाल दुवै पक्षका सैनिक अधिकारीहरु वार्तामा रहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .