ad ad

राजनीति


बजेटको विरोध गर्दै सांसदले गरे मौनधारण

बजेटको विरोध गर्दै सांसदले गरे मौनधारण

नेपालखबर
असार २, २०७७ मंगलबार ९:०,

राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मिर्गेन्द्रकुमार कुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप दश सेकेन्ड मौनधारण गरेका हुन्। उनले सत्तापक्षका सांसदहरुले नै क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरुलाई वर्गिकरण गरिएको बताएको र प्रतिपक्षका सांसदहरु वर्गिकरणमा पनि पर्न नसकेको भन्दै पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोध स्वरुपमा दश सेकेन्ड मौनधारण गरेका हुन्।

उनले भने, ‘नेपाल सरकार अर्थात सम्पूर्ण नेपालीको सरकार। सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार। तर वर्तमान सरकरको चरित्र आचरण र व्यवहार त्यो अनुरुपमको देखिएन। त्यतिकै मात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने किनकी हिजो मात्रै सत्ता पक्षका सांसदहरुबाट मनको व्यथा पोखियो।

सत्तापक्षका सांसदहरुलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ यानकि फस्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास र फोर्थक्लास श्रेणीमा वर्गिकरण गरिएको थाहा पाइयो। हामी प्रतिपक्षलाई त श्रेणीविहीन वर्गमा नै राखिएको होला। त्यसैले सत्तापक्षका ‘ग’ र ‘घ’ श्रेणीमा परेका सांसदहरुको व्यथाप्रति सहानुभुति राख्दै यो सरकारबाट प्रस्तुत पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकात्मक विरोधस्वरुप दश सेकेन्ड मौनधारण गर्दै म यो विनियोजन विधेयकको छलफलमा भाग लिन्नँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .