बीबीसीका अनुसार गत अप्रिलमा भएको राष्ट्रपतिय निर्वाचनपछि दुवैले शनिबार पहिलोपटक भेटवार्ता गरेका हुुन्।
त्यसबेला विपक्षी नेता प्राबाेओ सुबियान्तोले जोको विडोडोले चुनावमा धाधली गरेको आरोप लगाएका थिए।
निर्वाचनपछि भएको हिंस्रक प्रदर्शनमा ९ जनाको मृत्युसमेत भएको थियो। शनिबार दुवैबीच सार्वजनिक रेलमा भेटवार्ता भएको हो।
जाकर्ताको नयाँ रेल सेवाको परीक्षण सत्रमा दुवैले रेल सवार गरे।
त्यसक्रममा विपक्षी नेता प्राबोओले राष्ट्रपति जोकोलाई भनेका थिए,‘राष्ट्रपति बन्नु भनेको मानिसलाई सेवा दिनु हो। सरकारले धेरै समस्या झेल्नुपर्छ। त्यसका लागि सहयोग गर्न हामी तयार छौं।’
राष्ट्रपति विडोडोले जवाफमा भनेका थिए,‘आउनुस् हामी विश्व प्रतिस्पर्धाका लागि एक हुनुपर्छ, सँगै बसेर देशको विकास गर्नुपर्छ।’

प्रतिक्रिया