राजनीति


सी–मोदी दोस्रो अनाैपचारिक वार्ता बनारसमा, गंगामा डुंगा सयर गर्ने

सी–मोदी दोस्रो अनाैपचारिक वार्ता बनारसमा, गंगामा डुंगा सयर गर्ने

नेपालखबर
असार २९, २०७६ आइतबार ७:२७,

चिनियाँ राष्ट्रपति सी चिङफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दोस्रो अनाैपचारिक शिखर वार्ता असोज २५ मा बनारसमा हुने निश्चित भएको छ।

बनारस मोदीको निर्वाचन क्षेत्र हो। चिनियाँ अधिकारीलाई उद्धृत गर्दै भारती पत्रिका द हिन्दुलेजनाएअनुसार चीन र भारतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा अनौपचारिक वार्ता हुन लागेको हो।

पहिलो अनौपचारिक शिखर वार्ता गत वर्ष चीनको उहानमा भएको थियो।

 गंगा नदीमा नौकविहार गर्दै दुवै नेताबीच अनौपचारिक वार्ता हुने सम्भावना छ। सो अवसरमा आयोजना गरिने अन्य कार्यक्रमहरूलाइ अन्तिम रुप भने दिइएको छैन। दुवै देशका सरकार प्रमुखले गंगामा नौकविहार गर्ने संभावना भने प्रवल छ। चीनको उहानमा पनि दुवैले नेताहरुले गत वर्ष इस्ट लेकमा डेढ घण्टा नौकबिहार गरेका थिए। दोक्लाम सीमामा उत्पन्न तनाब उहान अनौपचारिक शिखर सम्मेलनपछि मथ्थर भएको थियो।

अगस्टमा बेइजिङमा हुने जनता जनताको सम्बन्ध तथा सांस्कृतिक आदान प्रदानसम्बन्धी दुवै देशबीचको संयन्त्रको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुँदैछन्। त्यतिबेला उनले चिनियाँ समकक्षीसँग सीको बनारस यात्राबारे विस्तृत छलफल गर्नेछन्।

कीर्गिजस्तानको बिस्केकमा भएको संघाई कोअपरेसन अर्गनाइजेसन(एससिओ)को बैठकको क्रममा सी र मोदीबीच भएको भेटपछि दुवै देश सम्बन्धलाई नयाँ रुपमा अघि बढाउन अनौपचारिक शिखर सम्मेलनका लागि तयार भएका हुन्।

एशियाका दुई ठूला शक्ति राष्ट्रबीच सीमा विवाद रहँदै आएको छ। त्यसैगरी चीनसँगको बढ्दो व्यापार घाटा, पाकिस्तान र चीनबीचको सम्बन्धजस्ता विषयमा भारतको चासो छ। बेइजिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिम्भ(बिआरआई)मा दिल्ली सहभागी भएको छैन। भारत र अमेरिकाबीच सैन्यसहित सम्बन्धहरु मजबुत हुँदै गएको छ। अमेरिकाले चीनको बढ्दो प्रभावलाई ध्यान राखेर अघि सारेको इन्डो प्यासेफिक स्ट्राटेजीमा भारतलाई मुख्य रणनीति साझेदारको रुपमा लिने गरेको छ।

यो सन्दर्भमा भारत र चीनका सरकार प्रमुखहरूबीचको अनौपचारिक भेटवार्तालाइ महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad