राजनीति


संसद भवनबाट बाहिरिदैं गिरीले भनिन्ः म फाइट गर्न उत्रिए (भिडियो)

संसद भवनबाट बाहिरिदैं गिरीले भनिन्ः म फाइट गर्न उत्रिए (भिडियो)

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ९:१,

नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रतिनिधिसभामा दफाबार छलफल सुरु हुँदा बाहिरिएकी सांसद सरिता गिरीले व्यक्तिगत रुपमा आफूमाथि भइरहेका व्यवहारविरुद्ध  फाइट गर्न उत्रिएको बताएकी छिन।

जनता समाजवादी पार्टीकी सांसद गिरीले सरकारले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी थिइन।

उक्त संशोधनलाई शनिबार संसदमा सभामुख अग्निप्रसाद सापकोटाले संशोधनसम्बन्धी शर्त पुरा नभएकोले भन्दै अस्वीकृत गरेका थिए।

संसद भवनबाट बाहिरिनुको कारण बताउँदै गिरीले भनिन्, ‘१८१६ को संन्धीअनुसार नेपालको निशान छाप परिवर्तन भइरहेको छ भने त्यही सन्धीअनुसार तराई मधेशमा भएको विभेदलाई पनि उठाउनुपर्छ। यो दुबै कुरा सँगसँगै लग्नुपर्छ भन्ने मेरो कुरालाई सत्तासिन दलले विरोध गरेको छ। सभामुख जीले अस्वीकृत गरेपछि विरोध जनाएर निस्केको छु।’

 

संसदबाट बाहिरिएपछि सांसद सरीता गिरी

Posted by Nepalkhabar on Saturday, June 13, 2020

उनले सरकारले प्रमाण नजुटाएर नक्सा ल्याएको र भोलि प्रमाण जुटाउन नसक्दा सरकार पछि हट्ने हो? भनेर प्रश्न गरिन।

यस्तै गिरीले विगत दुईहप्ता देखि आफूले चारैतिरबाट गाली सुनिरहेको प्रतिक्रिया दिइन।

‘सीमालाई राष्ट्रियताको सवालसँग जोडेर हामी प्रश्न सोध्ने मान्छेमाथि प्रहार भइरहेको छ। यो चाँही गलत राजनीति हो,’ उनले भनिन्, ‘मैले चारैतिर गाली सुनिरहेको छु। दुई हप्तादेखि जुन खालको फोहोरी गालीगलौच भइरहेको छ। मसँग दुईवटामात्रै बाटो थियो। महिलाका रुपमा भन्दा या त म आत्महत्या गर्नुपर्छ। या त मैले युद्धको मैदानमा उत्रिनुपर्छ। म फाइट गर्न उत्रिए।’

भिडियो: 

संसद भवनबाट बाहिरिएर प्रतिक्रिया दिदैँ सरिता गरी:

Posted by Nepalkhabar on Saturday, June 13, 2020

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad