राजनीति


कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा राखेर मात्र हुन्न, फिर्ता ल्याउन सक्नुपर्छ : राजेन्द्र महतो

कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा राखेर मात्र हुन्न, फिर्ता ल्याउन सक्नुपर्छ : राजेन्द्र महतो

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ८:५७,

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले राष्ट्रियता कुनै समुदाय र भूभागको नहुने बताएका छन्।

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा सांसद महतोले हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील रहेको बताए।

राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भूभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन’, उनले भने, ‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्।’

राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भुभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन’, उनले भने, ‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्।’

उनले आजको बैठक सारा नेपाली जनताले हेरिरहेको र यो सामान्य प्रस्ताव नभइ देशको भूमिको प्रस्ताव भएको बताए।

‘राष्ट्रियतासँग जोडिएको, देशको अखण्डतासँग जोडिएको सवाल हो, कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नक्सामा राख्ने प्रक्रिया हो’, उनले भने, ‘राष्ट्रियताको सवालमा पनि एकलौटी हुन्छ? यो कसैको एकलौटी हुँदैन, एउटा वर्ग, एउटा क्षेत्रको हुँदैन।’

उनले संविधानमा आफूहरुको असहमति रहेको र यो मधेस, जनजातिको पक्षमा नभको बताए।

उनले जनता समाजवादी पार्टीले संविधान संशोधनमा सहर्ष समर्थन गर्ने बताए।

‘जनता समाजवादी पार्टीले संविधान संशोधनमा सहर्ष समर्थन गर्दछ। हाम्रो भावनालाई बुझिदिनुस्। हाम्रो अनुहार हेर्नेवित्तिकै नश्लीय चिन्तन हटाइदिउ, मधेसी भन्ने भारतीय हो भन्ने नसम्झौँ’, उनले भने।

उनले तराईको सीमाको रक्षा मधेसीले गरेको बताए।

उनले वार्ता गरेर जग्गा फिर्ता गर्नुपर्ने बताउँदै जनताको र भूमिको रक्षा गर्न आग्रह समेत गरे।

उनले ५८ वर्ष पहिले देश बेच्नेको पहिचान गरी टुँडिखेलमा झुण्याउ आग्रह् समेत गरे।

 ‘महाकाली सन्धि यहीबाट भएको हो। यही संसदबाट पारित कसले गरायो।पार्टी फोरेर पारित गराईयो। मुहान पत्ता नलगाई किन बेचियो?’, उनले भने,
‘राष्ट्र बेचुवाको पहिचान हुनुपर्छ। यो देशको मधेसीलाई औला ठड्याउने काम नगरियोस्, राष्ट्रियतामा यस्तो अग्नि परीक्षा नगर्नुस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad