राजनीति


अछाम घटनाको छानबिन गर्न माग

अछाम घटनाको छानबिन गर्न माग

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १३:१६,

सुदूरपश्चिम प्रदेशसभा सदस्यले अछाम बयलपाटा अस्पतालका एक कर्मचारीले गरेको आत्महत्या घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न र मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले कोरोना भाइरसको संकटको समयमा सबै क्षेत्र अस्तव्यस्त भइरहँदा बयलपाटा अस्पतालमा नोकरीबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए।

उनीहरुले अस्पतालबाट निकालिएका सबै कर्मचारीलाई पुनरबहालीको पहल गर्न माग गरे। अस्पतालबाट अवकाश दिइएका कर्मचारी आउजीले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकामा नेपालगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको जनाइएको छ।

आफ्नै शरीरमा आगो लगाएका आउजीको मृत्यु

प्रदेशसभा सदस्यले कोभिड—१९ को संक्रमण डरलाग्दो ढंगले फैलिँदासम्म सरकारको काम गर्ने तरिका कमजोर भएको टिप्पणी गर्दै रोगको रोकथामका लागि शंकास्पद व्यक्तिको आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षणको दायरा बढाउन र क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन, धान खेती गर्ने समय प्रदेशमा देखिएको रासायनिक मलको अभावको आपूर्ति गरी कृषकलाई उपलब्ध गराउनसमेत ध्यानाकर्षण गराए।

शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हर्कबहादुर कुँवर, अक्कलबहादुर रावल, अमरबहादुर साउद, कुन्ती जोशी, गेल्बुसिंह बोहरा, दुर्गाकुमारी कामी, नन्दबहादुर साउद र नेपालु चौधरीले भाग लिएका थिए। यसैगरी नेपाली कांग्रेसका अम्बीकुमारी थापा, उमाकुमारी बादी, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम, गोविन्दराज बोहरा, डिल्लीराज पन्त र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले पनि भाग लिएका थिए। बैठकमा समाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad