ad ad

राजनीति


कांग्रेस सांसदहरुद्वारा संविधान संशोधन विधेयक दर्ता

कांग्रेस सांसदहरुद्वारा संविधान संशोधन विधेयक दर्ता

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १३:३८,

नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। 

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन्। सांसद अमरेशकुमार सिंहले यस अघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताए।

उनले आफूहरुले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेशमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताए।

उनले भने, ‘संविधान संशोधन सरकारले दर्ता गरिसकेपछि हाम्रो पार्टी नेपाली कांग्रेसको नेतृत्वको सरकारको बेलामा जुन विधेयक संविधान संशोधनको लागि दर्ता भएको थियो, त्यो तत्कालिन एमालेको असहयोगको कारण पारित हुन सकेन। त्यही विधेयकलाई हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयले फेरि अगाडि बढाउने निर्णय गरेको हुनाले त्यो निर्णयको कार्यान्वयन स्वरुप हामी प्रतिनिधि सभाका नेपाली कांग्रेसका सदस्यहरु त्यो विधेयकलाई फेरि आज दर्ता गराउने प्रक्रियामा छौं।’

कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन्।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चित्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .