ad ad

राजनीति


विदेशबाट आउने प्रदेश १ का इम्पेरिअल बैन्क्वेटमा र प्रदेश २ कालाई हेरिटेज पार्टी प्यालेसमा राखिने

विदेशबाट आउने प्रदेश १ का इम्पेरिअल बैन्क्वेटमा र प्रदेश २ कालाई हेरिटेज पार्टी प्यालेसमा राखिने

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १३:३४,

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले विदेशबाट फर्काइने नागरिकलाई राख्न तयार गरिएका होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ संग समन्वय गर्ने समेत जिम्मेवारीमा रहेका नेम्बाङले मंगलबार प्रदेश १ र प्रदेश २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ सेन्टर निरीक्षण गरेका हुन्।

कोरोना संक्रमण व्यवस्थापन जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको होल्डिङ सेन्टर क्षेत्र व्यवस्थापन बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले बनेका योजनाहरु सही रुपमा कार्यान्वयन भए महामारी न्यूनिकरण गर्न सकिने बताएका थिए।

‘हामीले गरेका तयारीहरु ठीक छन्। यसलाई सही ढंगले कार्यान्वयन गरियो भने कोरोना संक्रमण न्यूनिकरण गर्न सकिन्छ,’ उनले भने।

Holding Center Bhaktapur 1होल्डिङ सेन्टर व्यवस्थापन निरीक्षण तथा अन्तरक्रियाका सहभागी।

मन्त्री नेम्बाङले होल्डिङ सेन्टरमा आवश्यक प्रक्रियाहरु पुरा गरी प्रदेश र स्थानीय तहसंगको समन्वयमा नागरिहरुलाई सहजताका साथ सम्बन्धित क्वारेन्टिनसम्म पुर्याइने बताए।

जिल्ला समन्वय समिति भक्तपुर र नेपाली सेनाले प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट् र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेका छन्।

दुवै होल्डिङ सेन्टर एक⁄एक हजार क्षमता रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

कार्यक्रममा प्रमुख सेनानी शिबप्रसाद पौडेलले होल्डिङ सेन्टरको सञ्चालन, व्यवस्थापन तयारीका योजनाहरुबारे जानकारी दिएका थिए।

सरकारले विदेशबाट फर्किनै पर्ने अवस्थामा रहेका नेपलाी नागरिकलाई ती सेन्टरमा राखेर आवश्यक प्रक्रिया पुर्याई क्वारेन्टिन पठाउने तयारी गरेको छ।

Holding Center Bhaktapurहोल्डिङ सेन्टर निरीक्षण गर्दै मन्त्री नेम्बाङ, सांसद महेश बस्नेत, भक्तपुरकी प्रमूख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत।

विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ सेन्टरमा लगिने छ।

त्यहाँ उनीहरुको पालिकाअनुसार विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ।

ट्रेसिङ सहजताका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ।

होल्डिङ सेन्टरबाट होटल क्वारेन्टिनमा बस्न चाहानेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहले व्यवस्थापन गरेको क्वारिन्टिनमा बस्नेलाई सम्बन्धित जिल्ला सदरमुकामसम्म पुर्याइनेछ।

यसरी आउने नागरिकलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई क्वारेन्टिनमा राख्नुपर्नेछ। स्थानीयतहको क्वारेन्टिनमा बस्नेलाई खाना लगायत आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .