राजनीति


बालेनसँगको भेटबारे रविले के भने?

बालेनसँगको भेटबारे रविले के भने?

नेपालखबर
असार ३०, २०८३ मंगलबार १८:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र आफूबीच भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताएका छन्।

मंगलबार सञ्चारकर्मीहरूसँग बोल्दै उनले सुकुमवासी समस्या समाधान, राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल भएको बताएका हुन्।

‘विशेष गरेर सुकुमवासी समस्या समाधानमा जे कदम चाल्नुपर्ने थियो, त्यसलाई प्रभावकारी बनाउनुपर्‍यो, आमनागरिकले दु:ख पाउनु भएन भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘त्यसको व्यवस्थापनको विषयलाई लिएर हामीले अलि बढी चिन्ता व्यक्त गर्‍यौँ, त्यसमा काम गर्‍यौँ, अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयहरूमा घनिभूत छलफल गर्‍यौँ।’

भेटमा राष्ट्रिय राजनीति, विभिन्न परिस्थितिको विषय र आगामी बाटोका विषयमा छलफल भएको उनको भनाइ छ। ‘हामीले सौहार्दपूर्ण, परिणामुखी छलफल गर्‍यौँ,’ लामिछानेले भने।

रवि र बालेनबीच आइतबार लामिछाने निवास बूढानीलकण्ठमा ४ घण्टा छलफल भएको थियो।

बिहान साढे ११ बजे सभापति लामिछानेलाई भेट्न प्रमुख सल्लाहकार कुमार बेन, सचिवालयका विवेक मिश्र र सुवास शर्मासहित बालेन बूढानीलकण्ठ पुगेका थिए।

रविसँगको भेटमा भने बालेन र कुमार बेन मात्रै थिए। बालेन दिउँसो सवा ३ बजे लामिछाने निवासबाट बाहिरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad