सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए। उनलाई महाप्रबन्धकको कामसमेत गर्नेगरी कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो।
योसँगै मन्त्रिपरिषद्को बैठकले पाँच वटा निर्णय गरेको छ। दोस्रो निर्णयमा बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्नेछ।
त्यस्तै, विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
चौथो, निर्णयमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने रहेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको पाँचौँ निर्णयमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने रहेको छ।
Shares

प्रतिक्रिया