राजनीति


भारतले भन्यो- हो, नेपालसँगको सीमाबाट अमेरिकी नागरिक पक्राउ परेका हुन्

भारतले भन्यो- हो, नेपालसँगको सीमाबाट अमेरिकी नागरिक पक्राउ परेका हुन्

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवाल


नेपालखबर
असार ३०, २०८३ मंगलबार १७:४०, काठमाडौँ

नेपालसँगको सीमावर्ती क्षेत्रबाट एक जना अमेरिकी नागरिक पक्राउ गरेको भारत सरकारले पुष्टि गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी अमेरिकी नौ सेनाका पूर्व अधिकारी हुन्।

नयाँ दिल्लीमा भएको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले ‘भारत–नेपाल सीमबाट एक जना विदेशी नागरिकलाई पक्राउ परेको’बारेमा प्रश्न गरेका थिए। ती व्यक्तिको अवस्थाका बारे चासो राखेका थिए।

जवाफमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले भने, ‘एक विदेशी नागरिकलाई हिरासतमा लिइएको हो।’ उनका अनुसार अध्यागमन तथा यात्रा कागजात सम्बन्धी कमी भएकाले पक्राउ गरी हिरासतमा लिइएको हो।

अमेरिकी नागरिक ११ जुलाईमा भारतको गौरीगञ्ज–नेपालको सुनौली सीमा क्षेत्रको मैनहवाबाट पक्राउ परेका हुन्। सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा भीडको बीच भारतीय सीमा सुरक्षा बलका जवानहरूले ब्राउनको खुट्टामा डोरी बाँधेर लैजाँदै गरेको देखिन्छ।

थाइल्याण्डबाट सामुन्द्रिक मार्गबाट श्रीलंका र त्यहाँबाट गोवा पुगेका उनी नेपाल प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन्।

‘उनका बारेमा छानवीन चलिरहेको छ’, प्रवक्ता जैशवालले भने।

समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार ती व्यक्ति अमेरिकी राज्य क्यालिफोर्निया निवासी ३६ वर्षे जोडर्न ब्राउन हुन्। उनलाई नयाँ दिल्लीस्थित तिहाड जेलमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad