ad ad

राजनीति


हत्याकाण्डको १९ वर्षपछि यसरी सम्झिइयो राजा वीरेन्द्र र परिवारलाई

हत्याकाण्डको १९ वर्षपछि यसरी सम्झिइयो राजा वीरेन्द्र र परिवारलाई

नेपालखबर
जेठ १९, २०७७ सोमबार ८:५९,

राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पुरा भएको छ।

२०५८ साल जेठ १९ गते शुक्रबार राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिकारजकुमारी श्रुति सहित १० जनाको हत्या भएको थियो। नेपाली नागरिकले इतिहासकै कालो दिनको रुपमा लिँदै आएको यो दिनमा सरकारी स्तरबाट कुनै कार्यक्रम नगरिए पनि बिभिन्न संघ संस्थाले भने श्रद्धान्जलि कार्यक्रम गर्दै आएका छन्।

यस वर्ष कोरोना भाइरसको रोकथामका लागि लकडाउन जारी भएपनि पूर्वराजाको सम्झनामा कुनै औपचारिक कार्यक्रम भएका छैनन्। तर योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले लकडाउनकै बीच ललितपुरको जावलाखेलमा रहेको पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ।

लकडाउनले सर्वसाधारणको उपस्थिति नभएपनि जावलाखेल आसपासका केही मानिसहरु त्यहाँ पुगेका थिए। आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले देशभक्त राजा वीरेन्द्रको सम्झनामा लकडाउन हुँदा औपचारिक कार्यक्रम गर्न नसकिएपनि मालयार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको बताए।

यस्तै, गुन्युचोलो तथा राष्ट्रिय सचेतना अभियानकी अध्यक्ष लक्ष्मी भद्राले जावलाखेल आसपासका मानिसहरुले शालिकमा पुगेर शालिकमा माल्यार्पण गरेको बताइन्।

पूर्वराजा वीरेन्द्रको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्न आउनेहरुले अहिले राजा बिरेन्द्रबाट हुँदै आएका विकास निर्माणका कार्यक्रमलाई सरकारले रिन्तरता दिन नसकेको गुनासो समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .