समाज


उग्र बन्दै अमेरिकी रंगभेदविरुद्धको आन्दोलन, प्रहरीको गोली लागेर एकको मृत्यु

उग्र बन्दै अमेरिकी रंगभेदविरुद्धको आन्दोलन, प्रहरीको गोली लागेर एकको मृत्यु

नेपालखबर
जेठ १९, २०७७ सोमबार ८:५८,

आइतबार मध्यराति भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको द इनडिपेन्डेन्टले जनाएको छ।

केनटकीस्थित लुइसभिलेमा प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको हत्याको विरोधमा आइतबार छैठौं दिन पनि अमेरिकाभर प्रर्दशन भएको हो।

प्रहरीको नियन्त्रणमा रहेका बेला फ्लोएडको मृत्यु भएको थियो। प्रहरीले हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले ८ मिनेटसम्म थिचेका थिए।

सास फेर्न नसक्दा उनको मृत्यु भएको थियो। यसबीचमा अमेरिकाभर रंगेभदविरुद्ध आन्दोलन चर्किएको हो। मानिसहरुले ‘कालो मानिसको जीवनले अर्थ राख्छ’ भन्दै नारा लगाएका छन्।

George Floyd protesters: No justice unless all four cops charged ...

आइतबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउससम्म पुगेर प्रदर्शनकारीले हत्याको विरोध गरेका थिए। प्रदर्शनकारीको खतरा मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परिवारसहित बंकरमा लुकेका थिए।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडी जलाएका छन्। आन्दोलनको फाइदा उठाउँदै त्यहाँ चोरी र डकैतीका घटना पनि बढेका छन्। हिंसा भड्किएपछि अमेरिकाका ४० शहरमा यतिबेला कर्फ्यु लगाइएको छ।

न्युयोर्क, सिकागो, फिलाडेल्फिया र लस एन्जलेसमा दंगा प्रहरी र प्रदर्शनकारीबीच हात हालाहाल भएको छ। केही दिन अगाडि प्रदर्शनकारीको भिडबाट गोली चल्दा एक प्रहरीको मृत्यु समेत भएका थिए।

खबरहरुका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा प्लास्टिकका गोली प्रहार गरेका छन्।

कोरोना भाइरसको प्रकोपबाट गुज्रिएको अमेरिका यतिबेला रंगभेदविरुद्धको आन्दोलनले अशान्त बनेको छ। एजेन्सी

Protesters demand justice for police killing of George Floyd - Insider

यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad