राजनीति


सुरक्षा कानुनले हङकङका नेपालीको सुरक्षा र कल्याण गर्नेछः चिनियाँ दूतावास

सुरक्षा कानुनले हङकङका नेपालीको सुरक्षा र कल्याण गर्नेछः चिनियाँ दूतावास

नेपालखबर
जेठ १७, २०७७ शनिबार ८:४७,

नेपालका लागि चिनियाँ दूतावासले चीनको जनकंग्रेसले पास गरेको सुरक्षा कानुनले हङकङमा रहेका नेपाली र चीन–नेपाल सम्बन्धमा कल्याण गर्ने बताएको छ।

चीनको जनकंग्रेस (संसद) ले हालै हङकङका लागि पास गरेको राष्ट्रिय सुरक्षा कानुन देश विभाजन गर्न खोज्ने केही व्यक्तिहरूप्रति मात्रै लक्षित रहेको काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार राती इमेलमा पठाएको विज्ञप्तीमा भनेका छन्।

‘जनकंग्रेसको निर्णय निकै थोरै व्यक्तिहरूप्रति लक्षित छ’, दूतावासका प्रवक्ताले ती व्यक्ति र शक्तिहरू खुलाउँदै भनेका छन्, ‘जो देश विभाजन गरिरहेका छन्, राज्यशक्ति नष्ट गरिरहेका छन्, आतंककारी गतिविधि गरिरहेका छन्, र ती विदेशी तथा बाह्य शक्ति, जो हङकङ विशेष प्रशासनिक मामिलामा हस्तक्षेप गरिरहेका छन्।’

राष्ट्रिय जनकंग्रेसले लिएको निर्णयले चीनको ‘एक देश दुई प्रणाली’ अन्तर्गत राष्ट्रिय सुरक्षा र हङकङको दीर्घकालीन समृद्धि तथा स्थिरता कायम गर्ने उनको भनाइ छ।

‘यसले हङकङको उच्च स्वायत्तता तथा हङकङका नागरिकको अधिकार र स्वतन्त्रतालाई प्रभावित गर्ने छैन’, उनले भनेका छन्, ‘बरु हङकङको कानुनी प्रणालीमा सुधार गर्दै कानुनी शासनलाई बलियो बनाउने छ र, व्यवसायका लागि राम्रो वातावरण बनाउने छ।’

नयाँ सुरक्षा कानुनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्ने उनको भनाइ छ। हङकङमा करिब ३० हजार नेपाली स्थायी रुपमा बसोबास गरिरहेका छन्।

‘हङकङमा धेरै नेपाली बसोबास गर्छन् र त्यहाँ काम गर्छन्’, दूतावासका प्रवक्ताले भनेका छन्, ‘मलाई विश्वास छ, हङकङको दीर्घकालीन समृद्धि र स्थिरताले हङकङका नेपालीको मात्र होइन, चीन–नेपाल सहयोग र सहकार्यको पनि सुरक्षा र कल्याण गर्ने छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad