राजनीति


संविधान संशोधनबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक शुक्रबार

संविधान संशोधनबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक शुक्रबार

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १२:२२,

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।

दिनको १ः०० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बैठक बस्ने कांग्रेस संसदीय दलले सूचना जारी गरी जनाएको छ।

यस्तै, कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १७ गतेका लागि बोलाइएको छ।

सरकारले हालै जारी गरेको नयाँ नक्सा अनुरुप निशानछापमा नक्सा परिवर्तन गर्न गरेको संविधान संशोधन प्रस्ताव कांग्रेसले केही दिनको समय माग गरेका कारण संसदको कार्यसूचीबाट हटाइएको समाचार आएको थियो। कांग्रेसले केन्द्रीय कार्य समितिबाट सो विषयमा निर्णय गर्ने जनाएको छ।

संसदीय समितिको बैठकले लिम्पियाधुरासहितको नयाँ नक्साबारे संविधान संशोधनको लागि निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad