अगामाी आर्थिक वर्षमा रेल रेवा सञ्चालन तथा रेल मार्ग निमाणको लागि सरकारले ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै जयनगर जनकुर तथा बिजलापुरसम्म रेल सञ्चालन गर्ने जानकारी दिए।
बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले रेल सेवा सञ्चालनको लागि ८ अर्ब विनियोजन गरेको जानकारी दिए।
त्यस्तै पूर्व पश्चिम रेल मार्ग, वर्दिबास–निजगढ रेल मार्ग विस्तार कार्य तथा रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन र रक्सौल–काठमाडौं रेल मार्गको अध्धयन कार्य आगामी वर्षभित्र सम्पन्न गरिने अर्थमनत्री खतिवडाले जानकारी दिए।

प्रतिक्रिया