सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा पेश गरेको बजेटमा युवा तथा खेलकुदतर्फ आवश्यक बजेट दिने बताएका छन्। यो गत वर्षभन्दा १ अर्ब ६३ करोडले कम हो।
सरकारले गत वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। खेलकुदका लागि मात्रै ३ अर्व बजेट विनियोजन भएको थियो।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ का लागि १ अर्ब २१ करोड रुपैयाँको सिलिङ तोकिएको थियो।
पोखरा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद, कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्न सक्ने गरी पूर्वाधार निमार्ण गर्न आवश्यक बजेट छुट्टाइएको अर्थमन्त्री खतिवडाले बताए। अन्तर्राष्टिय स्तरका क्रिकेट स्टेडियम, उच्च पर्वतिय तालिम केन्द्र र सबै प्रदेशमा खेलग्राम निमार्ण गर्न चाहिने बजेट छुट्याइएको छ।
Shares

प्रतिक्रिया