राजनीति


कांग्रेस नीति प्रतिष्ठानको ६ उपसमिति संयोजक चयन

कांग्रेस नीति प्रतिष्ठानको ६ उपसमिति संयोजक चयन

नेपालखबर
असार २८, २०८३ आइतबार १८:५, काठमाडौँ

कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन गरिएको छ।

कांग्रेस उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको पाँचौँ बैठकले संयोजकहरू तोकेको हो।

अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरणमा रेशम गुरुङ र दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति संयोजकमा डा. डी.बी. सुनार चयन भएका छन्।

त्यस्तै पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषणमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमिति संयोजकमा सिताराम काफ्ले चयन भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

प्रतिष्ठानको बैठक असार २५ र २६ गते बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad