नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर जेनजी अभियान्ता माजिद अन्सारीलाई भेटेका छन्।
पौडेलले आफू अस्पताल पुगेर अन्सारीलाई भेटेको जानकारी दिए। आफूले भेट्दा अन्सारीले ‘मैले के अपराध गरेँ, र मलाई यसो गरियो,’ भनेर प्रश्न गरेको पौडेलको भनाइ छ।
पौडेलले अन्सारी भुईँ मान्छेका प्रश्न दमन गर्ने रवैयाको सिकार भएको बताए।
‘सरकारले जे गरे पनि कसैले प्रश्न नगरोस् भन्ने चाहेको हो?’ उनको प्रश्न छ, ‘लोकतन्त्रमा असहमति, आलोचना र प्रश्नहरू उत्तरदायित्व र सुशासनका आधार हो।’
सुकुमबासीहरूलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि अन्सारीसहितका जेनजी अभियन्ताहरू अवलोकन गर्न पुगेका थिए।
सोही क्रममा प्रहरीले पक्राउ गर्दा लाठी प्रहारबाट घाइते भएर अन्सारीको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया