नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन्।
कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा बस्नेतले नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
बस्नेतले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका थिए। बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्म पढाइ दिने घोषणा पनि गरेका छन्।
‘जसको मृत्यु भएको छ, उहाँको पौस्टिक आहार खान र घर व्यहार मिलाउनका लागि एक लाख रुपैयाँ मैले तुरुन्त व्यवस्था गरेको छु। उक्त रकम मैले केहीबेरअघि उहाँको आमालाई भेटेर दिएको छु,’ बस्नेतले भने।
छोरीलाई स्नातकसम्म पढाउने जिम्मा पनि आफूले लिएको बस्नेतले बताए। गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा शुक्रबार निधन भएको थियो।
Shares

प्रतिक्रिया