सरकारले सुकुमवासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुमवासीहरूमाथि सरकारले दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
सरकारले गरिब सुकुम्बासीहरूमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताए।
उनले सरकारविरुद्ध आफूहरूले देशव्यापी आन्दोलन चर्काउने चेतावनी समेत दिए।
24
Shares

प्रतिक्रिया