राजनीति


प्रतिनिधिसभामा पेस भयो ‘राष्ट्रिय सेवा दल विधेयक’, विद्यार्थीलाई सैन्य तालिम दिइने

प्रतिनिधिसभामा पेस भयो ‘राष्ट्रिय सेवा दल विधेयक’, विद्यार्थीलाई सैन्य तालिम दिइने

नेपालखबर
असार २५, २०८३ बिहिबार १६:३५, काठमाडौँ

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ। सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का तर्फबाट कानुनमन्त्री सोविता गौतमले सो विधेयक पेस गरेकी हुन्। 
 
मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरिएको बताबताइन्।
 
त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखेका थिए। 

सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावमा विरोधको सूचना प्राप्त हुन नआएकाले उक्त विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

सरकारले यही असार १६ गते संघीय संसद् सचिवालयमा सो विधेयक दर्ता गराएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad