कारोबार


फोनपोइन्ट्सका क्याम्पेन विजेतालाई स्मार्ट टिभी र वासिङ मेसिन

फोनपोइन्ट्सका क्याम्पेन विजेतालाई स्मार्ट टिभी र वासिङ मेसिन

नेपालखबर
असार २५, २०८३ बिहिबार १६:३८, काठमाडौँ

फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई क्याम्पेन ‘२.२ एनिभर्सरी क्याम्पेन’ र ‘रिडिम २ गोल डेन डिल्स एन्ड विन अ ५५ इन्च स्मार्ट टिभी’ का विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।

आकर्षक अफर, विशेष छुट तथा नवप्रवर्तनमूलक क्याम्पेनहरूमार्फत आफ्ना प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको कम्पनीले जनाएको छ।

फोनपोइन्ट्स को वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘२.२ एनिभर्सरी क्याम्पेन’ अन्तर्गत झापाका कृष्ण रोकाले केवल २ फोनपोइन्ट्स रिडिम गरी नयाँ वासिङ मेसिन प्राप्त गरेका छन्। उक्त क्याम्पेनमार्फत प्रयोगकर्ताहरूलाई केवल २ फोनपोइन्ट्स प्रयोग गरेर विभिन्न आकर्षक अफर रिडिम गर्ने अवसर प्रदान गरिएको थियो।

आफ्ना ग्राहकको निरन्तर विश्वास, साथ तथा समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै वार्षिकोत्सवलाई थप विशेष र पुरस्कारमूलक बनाउने उद्देश्यले उक्त क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, ‘रिडिम २ गोल डेन डिल्स एन्ड विन अ ५५ इन्च स्मार्ट टिभी’ क्याम्पेनका विजेता राहुल मारवाडीलाई ५५ इन्च स्मार्ट टिभी हस्तान्तरण गरिएको छ। फुटबलको माहोललाई लक्षित गरी सञ्चालन गरिएको उक्त क्याम्पेन अन्तर्गत फोनपोइन्ट्स एपमार्फत कुनै पनि दुई गोल डेन डिल्स रिडिम गर्ने प्रत्येक प्रयोगकर्ता स्वतः लक्की ड्रमा सहभागी भएका थिए, जसमध्येबाट विजेताको छनोट गरिएको थियो।
कम्पनीका अनुसार दुवै क्याम्पेनले देशभरका प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त गरेका थिए।

हजारौं प्रयोगकर्ताले फोनपोइन्ट्स एपमार्फत विभिन्न अफर रिडिम गर्दै क्याम्पेनमा सहभागिता जनाएका थिए। कम्पनीका अनुसार यी क्याम्पेनहरूको सफलताले प्रयोगकर्ताको बढ्दो सहभागिता तथा दैनिक खरिदबाट थप मूल्य प्राप्त गर्ने उद्देश्यले फोनपोइन्ट्स प्रतिको विश्वास र आकर्षण निरन्तर बढिरहेको संकेत गरेको छ।

पुरस्कार हस्तान्तरणका अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि दैनिक बचतभन्दा पर गएर थप मूल्य सिर्जना गर्ने उद्देश्यका साथ नवप्रवर्तनमूलक तथा प्रयोगकर्तामुखी क्याम्पेनहरू सञ्चालन गर्न प्रतिबद्ध रहेको जनाएको छ। नियमित प्रोमोसनल क्याम्पेन, विशेष ब्रान्ड कोल्याबरेसन तथा आकर्षक गिभअवेमार्फत प्रत्येक रिडेम्प्सनलाई थप मूल्यवान् बनाउँदै प्रयोगकर्ताको समग्र अनुभवलाई अझ उत्कृष्ट बनाउने लक्ष्य कम्पनीको रहेको उल्लेख गरिएको छ।

हाल फोनपोइन्ट्समार्फत डाइनिङ, शपिङ, इन्टरटेनमेन्ट, ट्राभल, लाइफस्टायल, इलेक्ट्रोनिक्स तथा दैनिक आवश्यक सेवासम्बन्धी हजारौं आकर्षक अफर उपलब्ध छन्। प्रयोगकर्ताले आफूले संकलन गरेका फोनपोइन्ट्स प्रयोग गरी एक्सक्लुसिभ डिस्काउन्ट, स्पेसल डिल्स तथा विभिन्न रिवार्ड क्याम्पेनमा सहभागी हुने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले आगामी दिनहरूमा पनि यस्ता क्याम्पेन तथा रिवार्ड इनिसिएटिभलाई निरन्तरता दिँदै आफ्ना प्रयोगकर्तालाई मनपर्ने ब्रान्ड्समा थप बचत गर्ने तथा आकर्षक पुरस्कार जित्ने अवसर उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad