राजनीति


सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विपक्षी दलले आज पनि गरे विरोध

सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विपक्षी दलले आज पनि गरे विरोध

नेपालखबर
असार २५, २०८३ बिहिबार ११:४७, काठमाडौँ

सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विपक्षी दलले आजको संसद्‍ बैठकमा पनि विरोध गरेका छन्। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले संसद् बैठक सुरु हुनासाथ सामूहिक रुपमा उठेर विरोध गरेका हुन्।

सबै सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै मुद्दामा विपक्षी तर्फका सांसदहरूले ध्यानाकर्षण गराइराखेको बताए। 

उनले सबै विपक्षी सांसद्को कुरा सुन्दा विषयवस्तु एउटै हुने भनेर सभालाई मर्यादित र समयको ख्याल गर्न अनुरोध गरे। उनले विपक्षी तर्फको बेन्चको तर्फबाट एक जनाले बोलेर बैठक अगाडि बढाउन प्रस्ताव राखे।

त्यसपछि उनले  कांग्रेसकी हरिनादेवी कामीलाई बोल्न समय दिए। उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गएको जेठ १७ गते संसद् बैठकमा दिएको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गरिन्। उनले यस विषयमा संसद्लाई प्रधानमन्त्रीको जवाफ चाहिने बताइन्।

‘संसद्‍मा उठेको प्रश्नको संसद्कै रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ उनले भनिन्। 

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्ने कार्यसूची छ।

 यसैगरी मन्त्री गौतमले ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौँ वार्षिक प्रतिवेदन २०८१/०८२’ पनि पेस गर्नेछिन्।  

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट  मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। 

मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने  कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad