ad ad

राजनीति


चीनसँग सीमामा तनाव बढेपछि भारतीय प्रधानमन्त्री मोदीले गरे उच्चस्तरीय सुरक्षा बैठक

चीनसँग सीमामा तनाव बढेपछि भारतीय प्रधानमन्त्री मोदीले गरे उच्चस्तरीय सुरक्षा बैठक

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १५:५९,

चीनसँग सिमानामा टक्कर बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक आयोजना गरेका छन्।

दुवै मुलुकले सीमामा सैनिक संख्या वृद्धि गरेको खबर आइरहँदा आयोजित सो बैठकमा तीनै सेनाका प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत सहभागी भएका छन्।

त्यसअघि मोदीले विदेश सचिवसँग बैठक आयोजना गरेका थिए।

मोदीसँगको बैठकअघि सेना प्रमुखहरुसँग रक्षामन्त्री राजनाथ सिंहले भेट गरेका थिए।

पछिल्लो समय सिमानामा भारतीय र चिनियाँ सेनाबीच तनाव बढेको खबरहरु सार्वजनिक भएका छन्।

मे ५ र ६ मा गलवान क्षेत्रमा दुई मुलुकका सेनाबीच हात हालाहाल भएको थियो। 

त्यसयता लद्दाखमा चिनियाँ जनमुक्ति सेनाले हवाई अड्डा विस्तार गरेको स्याटलाइट तस्बिरले देखाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। ती तस्बिरमा चीनले लडाकु जेटसमेत राखेको देखिएको बताइएको छ।

त्यस्तै, सिमानाको पाङ्गोङ तालबाट २ सय किमी टाढा रहेको तिब्बतस्थित ङारी गुन्सा विमानस्थलमा पनि निर्माण कार्य भइरहेको बताइएको छ।

यसबीचमा चिनियाँ सेनाले भारतीय सेनाको एउटा टुकडीलाई नै नियन्त्रणमा लिएको खबर पनि बाहिरिएका थिए।
तर, त्यसलाई भारतीय सेनाले अस्वीकार गरेको छ।

सन् २०१७ मा दोक्लममा तनाव बढ्दा चीन र भारत दुवै देशले चर्को मिडियाबाजी गरेका थिए। तर, अहिले तनाव बढिरहँदा दुवै मुलुकको राजनीतिक नेतृत्व मौन छ।

चीनको अंग्रेजी भाषाको ट्याबलोइड ग्लोबल टाइम्सले सैन्य स्रोतलाई उधृत गर्दै भारतीय सेनाले लद्दाखमा सीमा अतिक्रमण गरेर किल्लाबन्दी गरेको बताएको थियो।

त्यस्तै चिनियाँ हेलिकोप्टर सीमानजिक आएपछि लद्दाखमा भारतीय सेनाले गस्ती बढाएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .