ad ad

राजनीति


प्रधानमन्त्रीको आग्रहः निशान छापबारेको संविधान संशोधनमा अन्य कुरा नजोड्नुहोस्

प्रधानमन्त्रीको आग्रहः निशान छापबारेको संविधान संशोधनमा अन्य कुरा नजोड्नुहोस्

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १६:२,

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गरेका हुन्।

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा सिंगो राष्ट्र एकतावद्ध रहेको र त्यसैको बलमा यो विषय टुंगोमा पु-याउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै दलहरुलाई एकतावद्ध भएर प्रस्तुत हुन आग्रह गरे। संविधान संशोधन गर्नुपर्ने विषयमा दलहरुले माग राख्दै आएपनि तत्काल यो विषयलाई टुंगो लगाउनुपर्ने आवश्यकता भएकाले अन्य विषय समावेश नगर्न उनले आग्रह गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

सम्झौताको दस्तावेजका रुपमा रहेको संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो विषय तत्काल टुंगो लगाउनुपर्ने बताए।

तर बैठकमा नेपाली कांग्रेसले प्रस्तावमा सकारात्मक भएपनि पार्टीभित्र थप छलफलको आवश्यकता रहेको बताएपछि सहमति जुट्न सकेन। पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर प्रस्तावको विषयमा छलफल गर्ने कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले बताए। कुटनीतिक वार्ताको माध्यमबाट विवाद समाधानका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्दै उनले केन्द्रीय कमिटि बैठकबाट संशोधन प्रस्तावको विषयमा निर्णय हुने बताए।

बैठकमा जनता समाजवादी पार्टी दलका नेताहरुले आफूले उठाउँदै आएका मागहरु पनि समेट्न आग्रह गरेका थिए।

कांग्रेसले केन्द्रीय कमिटि बैठक बोलाएर छलफल गर्नेे समय माग गरेपछि प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै सहमति हुन सकेन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .