राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका नेता कमला पन्तले संसद्मा उठेका समसामयिक विषयबारे सम्बोधन गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै पन्तले सांसदले उठाएका समसामयिक विषयको अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन्।
‘यो संसद्मा माननीयज्यूहरूले धेरै समसामयिक विषयहरूमा आवाज उठाउनु हुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै पनि विषयमा सरकारले सम्बोधन गरेको, सरकारले रेसपोन्स गरेको मैले थाहा पाइन। त्यसैले समसायिमक विषयमा उठेका विषयवस्तुको सम्बन्धमा सरकारको रेसपोन्सको अनुरोध गर्दै आफनो भनाई टुंग्याउछु।’
नेता पन्तले संसदमा सांसदले उठाएको विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्नुको विकल्प नभएको बताइन्। उनले सरकारलाई उक्त विषयमा सम्बोधन गर्नका लागि रुलिङ नगरेको भन्दै अध्यक्ष नारायणप्रसाद दाहालको पनि आलोचना गरिन्।
Shares

प्रतिक्रिया