राजनीति


रास्वपा महाधिवेशनमा रातभर मतदान हुने, नतिजा बिहीबार बिहान मात्रै

रास्वपा महाधिवेशनमा रातभर मतदान हुने, नतिजा बिहीबार बिहान मात्रै

रास्वपाको महाधिवेशनमा मतदानका लागि राखिएका विद्युतीय मसिन। सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


सागर न्यौपाने
असार १०, २०८३ बुधबार १४:२४, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रयी सदस्यको चुनाव हुन ढिलाइ भएको छ। 

विद्युतीय मेसिनबाट मतदान गरिने भनिए पनि अहिलेसम्म उम्मेदवारको नाम प्रविष्ट भइसकेको छैन। मेसिनमा उम्मेदवारको फोटोसहितको नामावली सेट गरिनेछ। 

रास्वपा केन्द्रीय सदस्यका लागि चार सय जनाले उम्मेदवारी दिएका छन्। तर, उम्मेदवार माथिको दाबी बिरोध, नामावली फिर्ताको समय दिएपछि आयोगले अन्तिम नामावली सार्वजनिक गर्नेछ। 

त्यसपछि मात्रै अन्तिम नामावली मेसिनमा इन्ट्री गरिनेछ। मतदान सुरु गर्दा साझ ६ बज्ने निर्वाचन आयोगका एक सदस्यले बताए। रास्वपाको प्रहिलो चरणमा ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। 

विद्युतीय मेसिनमा एक जना प्रतिनिधिलाई मत हाल्न कम्तिमा १५ मिनेट लाग्ने निर्वाचन प्राविधिक लक्ष्मण रिजालले जानकारी दिए। ‘उम्मेदवारी संख्या हेर्दा एक जनालाई मत दिन १५ देखि २० मिनेट लाग्ने देखियो,’ रिजालले नेपालखबरसँग भने। 

रास्वपाका चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि छन्। ‘यो सबै संख्या मतदान प्रक्रियामा सहभागी भएमा ११ घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ,’ उनले थपे, ‘रातभर मतदान भए परिणाम दुई–तीन घण्टामै आउँछ। भोलि बिहान फस्ट आवरमा नतिजा सार्वजनिक हुन्छ।’

मतदानमा भएको ढिलाइले महाधिवेशन प्रतिनिधि घर फर्किने चिन्तामा उम्मेदवार छन्। अहिले उम्मेवार प्रचार प्रसार गरिरहेका छन्। 

रास्वपा विधानअनुसार, पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुन्छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। 

त्यसपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन हुनेछ। केन्द्रीय सदस्यले नै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad