राजनीति


गुट-उपगुट नबनाउन रविको निर्देशन

गुट-उपगुट नबनाउन रविको निर्देशन

नेपालखबर
असार ९, २०८३ मंगलबार १६:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गुट–उपगुट नबनाउन निर्देशन दिएका छन्। 

भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले जताबाट आएको भए पनि अब एकै भएर अघि बढ्नुपर्ने बताए। उनले पुरानो पार्टीमा रहे जसरी गुट–उपगुट नबनाउन निर्देशन दिए। 

‘राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ, फरक हुँदैन,’ लामिछानेले भन। 

उनले पुरानै तालले अघि बढ्न नसकिने बताए। फरक परिणाम निकाल्का लागि राष्ट्रका लागि प्रतिबद्ध हुनुपर्ने बताए। 

‘फरक परिणाम निकाल्ने हो भने, फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad