राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन निर्देशन दिएका छन्।
महाधिवेशनको अवधि केही लम्बिएको भन्दै उनले अब प्रतिनिधिहरूले शुल्कबापत बुझाउनुपर्ने पाँच हजार रुपैयाँ अनिवार्य नरहेको बताएका हुन्।
शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उनको भनाइ छ।
रास्वपाले प्रतिनिधिहरूलाई चितवन बसाइँका क्रममा खानपिन, आवास वा अन्य व्यवस्थापनसम्बन्धी समस्या परे सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। अहिले बन्दसत्र चलिरहेको छ।
195
Shares

प्रतिक्रिया